अत्तरिया – कैलालीबाट बिष्फोटक पदार्थमा प्रयोग हुने कच्चा पदार्थ सहित १ जना पक्राउ परेका छन । भारतबाट नेपाल ल्याउँदै गरेको बिष्फोटक पदार्थमा प्रयोग हुने कच्चा पदार्थ गन्धक र सुरा सहित १ जना पक्राउ परेका हुन ।


पक्राउ पर्नेमा कैलारी गाउँपालिका ४ के गाँउ का ४७ बर्षीय सोमनारायण गामु डगौरा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेद प्रकाश जोशीले जानकारी दिए ।

भारतबाट रा २ प ४२८७ नम्बरको मोटरसाइकलमा नेपाल आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा डगौराको साथबाट २३ किलोग्राम गन्धक र ५ किलोग्राम सुरा बरामद गरिएको उनले बताए । डगौरालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
