अत्तरिया – कैलालीको धनगढीबाट नक्कली नोट सहित १ जना पक्राउ परेका छन । धनगढी उप–महानगरपालिका – २ ट्राफिक चौराहबाट चुरे गाउँपालिका – ६ का ५५ बर्षीय लाल बहादुर साउँद पक्राउ परेका हुन ।


बिशेष सूचनाका आधारमा साउँदलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा उनको साथबाट १ हजारको ४ वटा नक्कली नोट फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेद प्रकाश जोशीले बताए ।

उनले साउँदलाई जिल्ला प्रशासन कार्यालयमा लिएर अनुसन्धान गरिरहेको बताए ।
