मेलौलीको यातायात सेवा ठप्प

बैतडी – अस्पताल बनाउने विषयमा भएको विवादका कारण ३ दिन देखि मेलौलीको यातायात सेवा ठप्प भएको छ । मेलौलीको आधारभूत अस्पताल वडा नम्बर १ मा हुनुपर्ने र ७ मा हुनुपर्ने माग गर्दै भएको आन्दोलनका कारण सो क्षेत्रको यातायात सेवा ठप्प भएको हो ।

maya metro hospital
raunak fals and silling

वडा नं ७ का स्थानीयहरुले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र रहेकै ठाउँमा अस्पताल बन्नुपर्ने माग राख्दै आएका छन् । यस्तै वडा नं १ का स्थानीयहरुले वडा नं १ को बिट्ठेनीमा अस्पताल निर्माण हुनुपर्ने माग राखेका छन् ।

joshi vada pasal 2

वडा नम्बर ७ बासीले आफ्नो माग पुरा गराउन नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन भने वडा नम्बर १ बासीले सडक बन्द गरेका छन् । सडक बन्द हुँदा पाटन–पञ्चेश्वरको मेलौलीमा सवारी साधन रोकिएका छन् ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.