महाकाली नदीमा बगेर एक महिलाकाे मृत्यु

दार्चुला – दार्चुला सदरमुकाम नजिकैको महाकाली नदीमा बगेर शनिबार दिउँसाे एक महिलाकाे मृत्यु भएकाे छ ।

maya metro hospital

महाकाली नगरपालिका-४ स्थित बङ्गाबगरबाट महाकाली नदीमा खसेर ब्यास गाउँपालिका १ छांग्रुकी अन्दाजी ७० वर्षीया बिन्दा ऐतवातको मृत्यु भएकाे हाे ।

joshi vada pasal 2
raunak fals and silling

महाकाली नदीले बगाएर ल्याएको महिलाको शव महाकाली नगरपालिका ४ स्थित डुम्पानी भन्ने ठाउँ (भारततर्फ) फेला परेकाे स्थानीय भाेजराज जाेशीले बताए ।

भारतीय प्रहरिले ढुङ्गाको बीचमा अड्किएकाे शव निकालेर पोस्टमार्टमका लागि पिथौरागड जिल्लाको धार्चुला अस्पतालमा लगिएको जनाएको छ ।

नदीले ती महिलालाई कसरी बगायो भन्नेबारे यकिन जानकारी आइसकेको छैन । यसबारे अनसन्धान गर्ने प्रहरीले जनाएको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.