गोलिकाण्डको विरोधमा अत्तरियामा चक्काजाम (फोटो फिचर)

अत्तरिया – गोलिकाण्डको विरोधमा कैलालीको अत्तरियामा चक्काजाम गरिएको छ । पुष ३ गते साँझ सुनचाँदी व्यवसायी विकास सुनारमाथी गरिएको गोलि प्रहारको विरोधमा अत्तरिया उद्योग वाणिज्य संघले अत्तरिया चोकमा चक्काजाम गरेको हो ।

maya metro hospital

joshi vada pasal 2

विहान साढे १० बजेसम्म देखी सुरु भएको चक्काजाम १ घण्टासम्म रहने संघका अध्यक्ष अशोकराज देवकोटाले बताए । उनले व्यवसायी माथी गोलि प्रहार भएको हप्ता दिन बित्न लाग्दा समेत प्रशासनले अपराधी पत्ता लगाउन नसकेको भन्दै दवाव स्वरुप चक्काजाम गरिएको बताए ।

raunak fals and silling

उनले ज्यान मार्ने उद्देश्यका साथ गोलि प्रहार हुँदा समेत सुरक्षानिकायबाट व्यापारीहरुलाई कुनै किसिमको सुरक्षाको प्रत्याभुति हुन नसकेको बताए । उनले दबाव स्वरुप नै आईतबार एक घण्टा चक्काजामलाई निरन्तरता दिदै बजार बन्द गरिने समेत बताए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.