स्वतन्त्रबाट चुनाव जितेका रेशमका बुबा लालवीर चौधरी नागरिक उन्मुक्तिमा प्रवेश

बर्दिया क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लालवीर चौधरी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । सो पार्टीका संरक्षक रेशम चौधरीका बुबासमेत रहेका चौधरी औपचारिक रूपमै पार्टी प्रवेश गरेका हुन् ।

maya metro hospital
raunak fals and silling

मंसिर ४ गतेको निर्वाचनमा उनले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । रेशम चौधरीको उम्मेदवारी खारेज हुने सम्भावना भएपछि पार्टीले ‘ब्याकअप’ उम्मेदवारको रूपमा लालवीर चौधरीलाई उम्मेदवार बनाएको थियो ।

joshi vada pasal 2

उनले माओवादीका सुरेश पन्थलाई १३६ मतात्नरले पराजित गरेका थिए । चौधरीले २६ हजार ५२० मत पाउँदा पन्थले २६ हजार ३८४ मत ल्याएका थिए ।

यससँगै नागरिक उन्मुक्ति पार्टीको संसदमा चार सिट हुने भएको छ । नागरि उन्मुक्तिले कैलालीको क्षेत्र नं १,२ र ३ मा विजयी भएको थियो ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.