मेलौलीमा अस्पताल विवाद यथावत : आज पनि दिनभर आन्दोलन

बैतडी – बैतडीको मेलौलीमा आधारभूत अस्पातल निर्माणका बिषयमा भएको विवाद अझै जारी छ । १५ शैय्याको अस्पताल बनाउनको लागि दुई वडा बीच विवाद भइरहेको हो ।

maya metro hospital
raunak fals and silling

मेलौली नगरपालिकाको वडा नम्बर १ का बासिन्दाले आफ्नो वडामा अस्पताल बन्नुपर्ने माग गर्दै आइरहेका छन भने वडा नम्बर ७ का बासिन्दाले आफ्नो वडामा अस्पताल बन्नुपर्ने माग गर्दै आएका छन । सो क्रममा विवाद हुँदा मेलौली २ दिन देखि तनावग्रस्त बनेको छ ।
मंगलबार वडा नम्बर ७ का स्थानीयले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र रहेकै ठाउँमा १५ शैय्याको आधारभूत अस्पताल निर्माण हुनुपर्ने माग राख्दै नगरपालिकामा तालाबन्दी गरेका थिए ।

joshi vada pasal 2

त्यसपछि वडा नम्बर १ का बासिन्दाहरुले वडाकोे बिट्ठेनीमा अस्पताल निर्माण हुनुपर्ने माग राखेर नगरपालिकामा प्रदर्शन गरेका थिए ।
सो क्रममा दुवै पक्ष बीच झडप हुँदा बिहिबार ३५ जना घाइते समेत भएका थिए । आन्दोलनकै कारण पाटन–पञ्चेश्वर सडक अन्तर्गत मेलौलीमा यातायात बन्द गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले शुक्रबार पनि दुवै पक्षले छुट्टा छुटै स्थानमा दिनभर प्रदर्शन गरेको बताए । मेलौलीमा दुवै पक्षको विवादका कारण २०७० सालदेखि अस्पताल निर्माणको काम अलपत्र परेको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.