कञ्चनपुरमा सीमास्तम्भ मर्मत सम्भार हुँदै

कञ्चनपुर – कञ्चनपुरमा नेपाल–भारत जीर्ण सीमा स्तम्भ मर्मत अघि बढाइएको छ । भारतीय सीमा सुरक्षाबल (एसएसबी) को ५७ औं बटालियनले सशस्त्र प्रहरी बल नेपालको समन्वयमा जीर्ण रहेका सीमा स्तम्भ मर्मत सम्भार अघि बढाएको हो । भारतीय पक्षले जोर नम्बरका २४ वटा जीर्ण सीमास्तम्भ मर्मत गरिरहेको छ ।

maya metro hospital

नेपाल–भारत संयुक्त सीमा बैठकको निर्णयअनुसार नेपालले बिजोर र भारतीयले जोर नम्बरका सीमास्तम्भ मर्मत गर्ने निर्णय गरिएबमोजिम एक सातादेखि सीमा स्तम्भ मर्मत भइरहेको छ ।

joshi vada pasal 2
raunak fals and silling

सशस्त्र प्रहरी बल नम्बर ३५ गण शैलेश्वरी झलारीका सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर ऐरका अनुसार बिओपी कञ्जभोज अन्तर्गत पर्ने सीमास्तम्भ नं ७९८, ७९६/१, ७९६/२,७९६/३ र बिओपी देवीस्थान अन्तर्गत पर्ने सीमास्तम्भ नं ८००, ८००/१, ८००/२, ८००/३ भारतीय एसएसबीले मर्मत गरेका छन् ।

बिओपी भूमिराज अन्तर्गत पर्ने सीमा स्तम्भ नं ८०२, ८०२/१,८०२/२, बिओपी गड्डाचौकी अन्तर्गत पर्ने सीमास्तम्भ नं ८०६,८०६/१,८०६/४,८०६/५,८०६/६,८०६/२, बिओपी जिमुवा अन्तर्गत पर्ने सीमास्तम्भ नं ८०८,८०८/१, बिओपी ब्रह्मदेव अन्तर्गत पर्ने सीमास्तम्भ नं ८१२/१,८१०/१, ८१०, ८१२ र बिओपी बयलबन्दा अन्तर्गत पर्ने सीमास्तम्भ नं ८०४ को मर्मतको कार्य जारी रहेको छ ।

नेपाली पक्षले दुई वर्षअघि बिजोर नम्बरका सीमास्तम्भ मर्मतको कार्य गरेको थियो। नेपाली पक्षले पुनर्वास नगरपालिका ११ डोके बजारदेखि बेलौरीसम्मका बिजोर नम्बरका जीर्ण सीमास्तम्भ मर्मत गरेको थियो ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.