‘जीवनसाथी’ माघ प्रदर्शन हुँदै

दीपक तामाङ लामाले निर्देशन गरेको चलचचित्र ‘जीवनसाथी’ १३ माघदेखि नेपालभर प्रदर्शन हुने भएको छ । प्रेमकथामा आधारित चलचित्रको मुख्य भूमिकामा किशोर खतिवडा, अर्जुन गुरुङ, जयकिसन बस्नेत, सानिया खान रहेका छन् ।

maya metro hospital
raunak fals and silling

प्रिन्सराज श्रेष्ठ, भरतकुमार मल्ल, दीपक तामाङ लामाको निर्माण रहेको चलचित्र फायर इन्टरप्राइजेज प्रालि र सिन्का फिल्म प्रोडक्सन प्रालिले निर्माण गरेको हो ।

joshi vada pasal 2

भरतकुमार मल्लको प्रस्तुति रहेको चलचित्र मुलुकबाहिर मलेसिया, फ्रान्स, पोर्चुगल, जापानमा समेत विशेष प्रदर्शन हुने निर्देशक लामाले जानकारी दिए ।

निर्देशक लामाले नेपाली तथा तामाङ भाषाका दर्जनौँ सफल चलचित्र प्रस्तुत गरिसकेका छन् । चलचित्रको वितरकमा आरआर फिल्मस रहेको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.