तोरी खेतीप्रति कैलालीका किसान आकर्षित

घोडाघोडी – कैलालीमा तोरी खेतीप्रति किसानको आर्कषण बढेको छ । तोरीले मुल्य राम्रो पाएपछि तोरी खेतीमा कृषकको आकर्षण बढेको हो । गत बर्ष किसानले नौ हजारदेखि बाह्र हजार क्यिन्टलसम्म तोरीको मूल्य पाएका थिए ।

maya metro hospital

घोडाघोडी नगरपालिका –१ का भगतराम चौधरीले सधैं गहुँखेती गर्दै आएकोमा यस बर्ष एकविघा खेतमा तोरी लगाएका छन । समयमै सिंचाइ र मल नपाउँदा गतबर्ष गहुँखेतीबाट घाटा व्यहोरेको अनुभव चौधरीसँग छ । ‘लगानी हिसाव गर्दा जोताइको पैसा सात हजार घाटा भयो’ उनले भने ।

joshi vada pasal 2

गहुँको तुलनामा तोरी खेतीबाट छिमेकीले राम्रो आम्दानी गरेको देखेपछि चौधरीले यसबर्ष आफूले पनि तोरी छरेको बताए । कैलालीमा ठूलो क्षेत्रमा तोरी खेती गर्नेलाई स्थानीय तहले मल बीउ, कृषियन्त्र लगायतमा ५० प्रतिशत अनुदान दिन थालेकोछ । यसले पनि तोरी खेतीप्रति थप आकर्षण बढेको किसानहरुको भनाइ छ ।

raunak fals and silling

घोडाघोडी नगरपालिका –३ चौरठ्ठीका २५ जना किसानले समुहगत रुपमा तोरी खेती गरेका छन् । घोडाघोडी नगरपालिकाबाट तोरी पकेट क्षेत्रका रुपमा अनुदान लिएर उहाँहरुले १५ विघा जमिनमा तोरी खेती लगाएका छन ।

पहेँलै भएर फुलेको तोरीको फाँट देखाउँदै सयपत्री महिला समुहका अध्यक्ष ज्ञानु चौधरीले सिंचाइको सुविधा नभएको हुनाले पनि यो बर्ष सामुहिक तोरी खेती गरेको बताईन् । ‘अहिले खेतमा तोरी राम्रो भएको छ, दुई जातको तोरी लगाएका छौं, उत्पादन राम्रै हुन्छ भन्ने आशा गरेका छौं’ खुशी हुँदै चौधरीले भनीन् ।

घोडाघोडी नगरपालिकामा तोरी खेतीप्रति किसानको आकर्षण बढाउन वडा नम्बर ३ र ७ मा १५–१५ विघा क्षेत्रफलमा तोरी खेती गर्नेलाई ५० प्रतिशत मल बीउ, औजारमा अनुदान दिएको बताइएको छ ।

घोडाघोडी नगरपालिका कृषि शाखा प्रमुख जनक धामीले तोरीले मुल्य पाउनुका साथै गहुँभन्दा छिटो पाक्ने भएकाले तेस्रो खेतीका रुपमा मकै, मुङ खेतीसमेत गर्न पाइने भएकाले किसानको आकर्षण तोरी खेतीमा रहेको बताए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.