गोलिकाण्डको विरोधमा अत्तरियामा व्यापारीको प्रर्दशन

अत्तरिया – कैलालीको अत्तरियामा व्यवसायीमाथी चलेको गोलिकाण्डको विरोधमा व्यापारीहरुले प्रर्दशन गरेका छन । शुक्रबार अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा व्यापारीहरुले टाउको र हातमा कालो पट्टि बाधेर गोलिकाण्डको विरोध गरेका हुन ।

maya metro hospital

joshi vada pasal 2
raunak fals and silling

गोलि लागेर घाईते भएका सुनचाँदी व्यापारी विकास सुनारको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै दोषीलाई यथाशिघ्र कानुनी दायरामा ल्याउन दवाव स्वरुप विरोध प्रर्दशन गरिएको संघका अध्यक्ष अशोकराज देवकोटाले बताए ।

उनले घटनाको लगभग एक हप्ता बित्नै लाग्दा समेत अपराधीको बारेमा पत्ता नलाग्नु दुखद भएको उनले बताए । व्यापारीहरुले अत्तरिया चोक परिक्रमा गर्दै ईलाका प्रहरी कार्यालय मालाखेतीमा कोणसभाको आयोजना गरेको हो ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.