सत्ता गठबन्धनमा शक्ति बाँडफाँटबारे ‘प्याकेज’ मा छलफल सुरु

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेको समयसीमा सकिनै लाग्दा सत्तारुढ गठबन्धनका नेताहरु नयाँ सरकार गठनबारे ‘औपचारिक’ छलफलमा जुटेका छन्।

maya metro hospital

केन्द्रमा प्रधानमन्त्रीसहित महत्वपूर्ण पद र प्रदेश सरकारमा ‘प्याकेज’मा सहमति गर्नेगरी गठबन्धनका शीर्ष नेताहरुबीच छलफल सुरु भएको हो।

joshi vada pasal 2

प्रतिनिधि सभाका नवनिर्वाचित सदस्य (सांसद)हरुले शपथ लिएको दिन बिहीबार गठबन्धनका प्रमुख घटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच छलफल भएको छ।

raunak fals and silling

बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको थियो। बिहीबारको भेटमा सकारात्मक छलफल भएपनि कुनै निष्कर्ष निस्किन नसकेको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए।

नेताहरुबीच शुक्रबार पनि भेटवार्ता हुने बताइएको छ। नेताहरुले आइतबार सम्ममा सहमतिमा पुगिने बताउँदै आएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि आह्वान गरेको समयसीमा आइतबार सकिँदै छ।सता गठबन्धनका नेताहरुले सांसदको सपथ र दलको नेता चयन भएपछि नयाँ प्रधानमन्त्रीका बारेमा छलफल हुने बताउँदै आएका थिए।

बुधबारमात्रै कांग्रेसले पनि संसदीय दलको नेता चयन गरिसकेको छ भने भने बिहीबार सांसदहरुको पनि सपथ भएको छ। बिहीबार नै माओवादी केन्द्रले पनि पार्टी अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको छ

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.