इसाई समाज गोदावरीद्धारा ख्रिष्टमसको शुभकामना आदानप्रदान

अत्तरिया – कैलालीको अत्तरियामा इसाई समाज गोदावरीले ख्रिष्टमसको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । ख्रिष्टमसको पुर्वसन्धामा समाजले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो ।

maya metro hospital
raunak fals and silling

समाजका अध्यक्ष पास्टर डेविड कैनीको सभापतित्वमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य ललिता सुनार रहेकी थिइन् ।

joshi vada pasal 2

उक्त कार्यक्रममा गोदवरी नगरपालिकाका कार्यपालिका सदस्य धन बहादुर बिक, विभिन्न मण्डलीका पास्टर लगायतको सहभागिता रहेको समाजका कोषाध्यक्ष पास्टर राम थापाले जानकारी दिए ।

विश्वभर ख्रिष्टमस डे डिसेम्बर २५ अर्थात पौष १० गते मनाइने गरिन्छ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा यस समुदायका मानिसले ख्रिष्टमस डे मनाउने गर्छन ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.