ब्यानरमा त्रुटि भएको भन्दै आयोजकले माग्यो माफि

अत्तरिया – कञ्चनपुरमा आयोजित एक कार्यक्रमको ब्यानरप्रति चर्को आलोचना भएपछि आयोजकले माफि मागेको छ । उक्त कार्यक्रमको आयोजक द्धन्द्ध पीडित महिला तथा एकल महिला विकास केन्द्र कञ्चनपुरले त्रुटिवस व्यानरमा न्यूनिकरण र रोकथाम शब्द छुट्न गएको भन्दै माफि मागेको हो ।

maya metro hospital

पुस ६ गते देखि ८ गते सम्मका लागि आयोजना गरिएको तालिम कार्यक्रमको ब्यानरमा ‘मानव बेचविखन तथा ओसार पसार सम्बन्धी तालिम’ लेखिएको थियो ।

जसको अर्थ मानव बेचविखन तथा ओसार पसार गर्न सिकाउने लाग्छ । जसको सामाजिक संचालमा पनि चर्को आलोचना गरिएको थियो । द्धन्द्ध पीडिड महिला तथा एकल महिला विकास केन्द्र कञ्चनपुरकी अध्यक्ष सीता बोहराले ‘मानव बेचविखन तथा ओसार पसार न्यूनिकरण र रोकथाम सम्बन्धि तालिम’ हुनुपर्नेमा प्राविधिक त्रुटिबस गल्ति भएको बताएकी छिन ।

attariya hospital

उनले ब्यानरमा भीमदत्त नगरपालिकाको आर्थिक सहयोग लेखिएको भएपनि नगरपालिकाको सहयोग नभएको बताएकी छिन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.