श्रीमतीलाई अंगालोमा हालेर हातपात गर्न खोजेको देखेपछि हत्या

अत्तरिया – बैतडीको पाटनमा मृत फेला परेका शिक्षक धनबहादुर विष्टको हत्या उनकै विद्यार्थीका श्रीमानले गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । पाटनस्थित कृष्ण माविमा पढाउँदै आएका विष्टको हत्या सोही विद्यालयमा कम्प्युटर डिप्लोमा अध्ययनरत पुर्चौडी नगरपालिकाकी विमला बोहराका श्रीमान प्रजा बहादुर बोहराले गरेको खुलेको हो ।

maya metro hospital

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले शिक्षक विष्टले विमलालाई आंगालोमा हालेर हातपात गरिरहेको देखेपछि आवेगमा आएका श्रीमान प्रजाले हत्या गरेको बताएका छन् ।

joshi vada pasal 2

‘पुस १ गते बेलुकी बिमला बोहरा र उनका श्रीमान प्रजा बहादुर बोहरा कोठामा खाना खाइ बसिरहेको अवस्थामा राती २१ः ४५ बजेको समयमा बिमला बोहरा शौचालय जान्छु भनी बाहिर निस्किएकी थिइन्’ बिहिबार पत्रकार सम्मेलन गर्दै उनले भने ‘श्रीमान प्रजा बोहराले शौचालयबाट किन ढिलो सम्म श्रीमती नआएकी भनेर संका लागि बाहीर हेर्दा मृतक धनबहादुर बिष्टको कोठा जाने सिडिमा मृतक धनबहादुर बिष्टले बिमला बोहरालाई अंगालो हाली हातपात गर्न खोजेको देखेपछि रिस थाम्न नसकि आवेशमा आएर सिडिबाट तल तानि भूइमा पछारी छाती र मुखमा मुक्का हानी ढालेको पाइएको छ । त्यसपछि प्रजा बहादुर बोहराले सो स्थान देखि अलि पर लगि एक हातले धनबहादुर बिष्टको मुख छोपी अर्को हातले नजिकै रहेको कडा बस्तु समाती टाउको र आँखाको नजिकको भागमा हानेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।’

कम्प्युटर डिप्लोमा अध्ययनरत बिमला शिक्षक विष्ट बस्ने छात्राबासको भुइतलाको कोठामा बस्दै आएकी थिइन् । पुर्चौडी नगरपालिका – ३ नवादेउ घर भएकी बिमला र उनका श्रीमानले शिक्षक बिष्टको मृत्युपछि एक जनाले हातको भाग र अर्को जनाले खुट्टाको भाग समाति रातिनै छात्राबास भन्दा अन्दाजी ३० मिटर तल फालेको प्रहरी नायव उपरीक्षक शाहीले बताए । मृतका शिक्षकको अनुहार थिचिएको र रगतले लतपतिएको अवस्थामा शव फेला परेको थियो ।

उनले दुवैजनालाई पौष ६ गते नियन्त्रणमा लिएर जिल्ला अदालत बैतडीमा पेश गरिएको बताए । दुवैजना माथि पहिलो पटक १० दिनको म्याद लिएर मुलुकी अपराध सहिता २०७४ को परिक्षेद १२ को १७७ बमोजिम ज्यान सम्बन्धी कसुर अन्तरगत मुद्धा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।

प्रहरीले पुस १ गतेका दिन कृष्ण मावि पाटनका शिक्षकहरु सहित मृतक धनबहादुर बिष्ट पिकनिक मनाउन पाटन नगरपालिका वडा नम्बर ६ विद्युत पोखरी माथि गएको जनाएको छ । बेलुका विद्यालयको छात्राबासमा फर्किएपछि घटना भएको प्रहरीले जनाएको छ । सुर्नया गाउँपालिका –२ ग्वानी घर भएका शिक्षक बिष्ट पाटन बहुमुखि क्याम्पसमा पनि अध्यापन गराउँदै आएका थिए ।
पुस ३ गते अनुसन्धान गरिपाउँ भनी मृतक शिक्षककी श्रीमती दयावती विष्टले इलाका प्रहरी कार्यालय पाटनमा उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.