आज बैतडीका शिक्षण संस्था बन्दको आह्वान

बैतडी – बैतडीका शिक्षक धनबहादुर बिष्टको मृत्यु प्रकरणमा सत्यतथ्य छानबीनका लागि दबाब दिने उद्देश्यले गठन भएको संघर्ष समितिले बिहीबार (आज) जिल्लाभरीका शिक्षण संस्था बन्दका लागि आह्वान गर्ने निर्णय गरेको छ ।

maya metro hospital

पाटन नगरक्षेत्रभित्रका विद्यालय लगातार दुईदिनदेखि बन्द रहेको अवस्थामा बिहिबार पनि बन्द रहने र जिल्लाभरीका शिक्षण संस्था बन्दका लागि आह्वान गर्ने निर्णय भएको संघर्ष समितिले जनाएको छ ।

joshi vada pasal 2

यसैबिच शिक्षक बिष्ट मृत्यु प्रकरणको सत्यतथ्य छानबीनको माग गर्दै गरिएको यातायात बन्द खुलेको छ । संघर्ष समितिले दशरथचन्द राजमार्गमा गरेको यातायात बन्द सुचारु गर्ने निर्णय भएको संघर्ष समिति संयोजक लिला बिष्टले बताइन् ।

यात्रुहरुको समस्यालाई ध्यानमा राखेर बिहिबार बिहान १० बजे सम्मका लागि यातायात सुचारु गरिएको बिष्टले बताइन् । यही पौष २ गते शनिबार मृत फेला परेका शिक्षक धनबहादुर बिष्टको भबितव्य मृत्यु नभइ हत्या भएको भन्दै परिवारजनले शव बुझ्न मानेका छैनन् । संघर्ष समितिले स्थानीय प्रशासनसंग वार्ता गरेपछि यातायात सुचारु गरेको हो । यातायात सुचारु भएसंगै यात्रुहरु गन्तव्य तर्फ लागेका छन् ।

सुर्नया गाउँपालिका २ ग्वानी घर भइ विगत ३४ बर्षदेखि कृष्ण माविमा अध्यापन गराउँदै आएका शिक्षक धनबहादुर बिष्ट पौष २ गते शनिबार मृत फेला परेको थिए । मृत भेटिनु भन्दा एकदिन अगाडि एकजना शिक्षकको स्वागत भोजमा बिष्ट सहभागी भएका थिए । शिक्षक बिष्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि आएको सीआइबीको टोलीले मंगलबारदेखि काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.