क्रेट सेल्फ लब फर बेटर करियर उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न

अत्तरिया – क्रेट सेल्फ लब फर बेटर करियर भन्ने बिषयमा गरिएको उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको छ । त्रिनयन नेपालको आयोजनामा बुधबार अत्तरिया स्थित नमस्ते पार्टी प्यालेसमा क्रेट सेल्फ लब फर बेटर करियर भन्ने बिषयमा उत्प्रेरणात्मक कार्यक्रम सम्पन्न भएको हो ।

maya metro hospital

युवाहरु असल बाटोमा हिड्न र सकारात्मक विचारलाई आफ्नो व्यवहारिक जीवनमा लागू गर्न प्रेरित गर्ने लक्ष्यमा साथ उक्त उत्प्रेरणात्मक कार्यक्रम गरिएको आयोजक त्रिनयन नेपालले जनाएको छ ।

joshi vada pasal 2

त्रिनयन नेपालका अध्यक्ष जय धामी , त्रिनयन नेपालका प्रमुख सल्लाहकार सुरेन्द्र प्रसाद भट्ट, त्रिनयन नेपाल सल्लाहकार समितिका संयोजक समाजसेवि युवा व्यवसायी प्रमोद अधिकारी, दुर्गा लक्ष्मी क्याम्पसका पुर्व क्याम्पस प्रमुख गिरिराज कडायत , प्लानेट भिटि कम्प्युटरका सञ्चालक पुष्कर शर्मा जोशी , लगायतको आतिथ्यमा गरिएको कार्यक्रममा प्रमुख प्रशिक्षकका रुपमा गणेश ढुङ्गाना रहेका थिए ।

raunak fals and silling

प्रमुख प्रशिक्षक ढुङ्गानाले सकारात्मक चिन्तन, असल जीवनशैली, असल चरित्र निर्माण र व्यवहारका बारेमा रचनात्मक ढंगले युवा तथा विद्यार्थीहरुलाई प्रशिक्षण गराएका थिए ।

यस्तै उक्त कार्यक्रममा बोल्दै त्रिनयन नेपालका प्रमुख सल्लाहकार भट्टले विद्यार्थीहरु तथा युवाहरुमा सकारात्मक उर्जा अति आवश्यक भएकाले यस प्रकारका कार्यक्रम आवश्यक रहेको बताए ।

आत्मबल कसरी बढाउने र असहज परिस्थितिमा आफुलाई कसरी व्यवस्थापन गर्ने भन्ने बिषयका प्रमुख सल्लाहकार भट्टले जानकारी दिए । उक्त कार्यक्रममा करिब २ सय  भन्दा बढी युवा तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

युवा तथा विद्यार्थीहरुले उक्त प्रेरणात्मक कार्यक्रमबाट दैनिक जीवनका लागि आवश्यक पर्ने उर्जाशील सकारात्मक सोँचसम्बन्धि ज्ञान हासिल गर्न पाएकोमा खुशी व्यक्त गरेका छन् ।

त्रिनयन नेपालले विगत ३ बर्ष यता सुदुरपश्चिमका विभिन्न ठाउँहरुमा क्षमता अभिबृद्धि गर्न युवाहरुका लागि फरक फरक किसमिका प्रशिक्षण गराउदै आएको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.