बैतडीको पाटन नगरपालिकामा तालाबन्दी

बैतडी – बैतडीको पाटन नगरपालिकामा तालाबन्दी गरिएको छ । शिक्षक धनबहादुर विष्ट मृत्यु प्रकरणको सत्यतथ्य छानबिन गर्न माग गर्दै नगरपालिकामा तालाबन्दी गरिएको हो ।

maya metro hospital

घटनाको सत्यतथ्य छानविनका लागी गठित संघर्ष समितिले शिक्षक विष्ट मृत फेला परेको ५ दिन बितिसक्दासमेत सत्यतथ्य पत्ता नलागेकाले नगरपालिकामा तालाबन्दी गरेको जनाएको छ । समितिकी संयोजक लिला विष्टले स्थानीय सरकार घटनाप्रति जवाफदेही नहुँदा सरकारलाई दबाब दिन तालाबन्दी गर्नुपरेको बताईन ।

joshi vada pasal 2

यही पौष २ गते शनिबार पाटनमा मृत फेला परेका शिक्षक विष्टको हत्या भएको परिवारजनले आशंका गरेका छन् । पुस १ गते एकजना शिक्षकको स्वागत भोजमा सरीक भएका शिक्षक भोलिपल्ट मृत अवस्थामा फेला परेका थिए । सुर्नया गाउँपालिका–२ ग्वानी घर भएका शिक्षक विष्ट कृष्ण मावि पाटनमा अध्यापन गराउँदै आएका थिए । आफन्तले मृत्यु नभइ हत्या भएको भन्दै शव बुझेका छैनन् ।

प्रहरीले घटनाको सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको जनाएको छ । मंगलबारदेखि सीआइबीको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । ४ जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.