कैलालीको हरौयामा भएको दुर्घटनामा घाइते भएका बालकको मृत्यु, टिप्पर नियन्त्रणमा

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ७ हरैयामा टिप्परले अटोलाई ठक्कर दिदा घाइते भएका बालकको मृत्यु भएको छ । बुधबार बिहान पुर्वबाट पश्चित तर्फ आइरहेको टिप्परको ठक्करबाट घाइते भएका अटोमा सवार ३ बर्षिय बालक भरत ठकुल्लाको मृत्यु भएको हो ।

maya metro hospital
raunak fals and silling

सु प प्र ०१००१ ह ४९१८ नम्बरको अटोलाई टिप्परले ठक्कर दिदा सोहि अटोमा सवार गोदावरी नगरपालिका – ७ हरैया बस्ने बर्ष २९ कि पेन्टि ठकुल्ला र उनका छोरा भरत घाइते भएका थिए ।

joshi vada pasal 2

घाइते बालकको उपचारका क्रमका सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते महिलाको भने अत्तरिया रहेको पदमा अस्पतालमा उपचार भईरहेको छ ।

दुर्घटना लगतै फरार भएको सु प प्र ०१००१ क २०२० टिप्पर इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ । हरैया चोकमा अहिले स्थानीयले सडक अवरोध गरेको र खुलाउने प्रयास जारी रहेको प्रहरीले जनाएको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.