सुरक्षा माग्दै व्यवसायी

अत्तरिया – कैलालीको अत्तरियाका व्यवसायी सुरक्षा माग्दै सडकमा उत्रिएका छन् । व्यवसायीहरुले ढुक्क संग व्यवसाय गर्ने वातावरण नभएको भन्दै सुरक्षाको माग गर्दै सडक आन्दोलनमा उत्रिएका हुन् । आइतबार साँझ अत्तरियाका सुन व्यवसायी विकास सुनारमाथि राजमार्गमै गोली प्रहार गरी लुटपाट भएपछि अन्य व्यवसायीले पनि असुरक्षाको महशुस गरेका छन । सुनचाँदी व्यवसायीहरुले लुटेराको मनोवल बढ्न नदीन गोलिकाण्डमा सहभागिलाई पक्राउ गर्न माग गरेका छन ।

maya metro hospital

कैलालीको आभुषण सुनचाँदी व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ सुदूरपश्चिम, महाकाली सुनचाँदी व्यवसायी संघ कञ्चनपुर र सुनचाँदी व्यवसायी संघ कैलालीले संयुक्त रुपमा संघर्ष समिति गठन गरि मंगलबार अत्तरिया र धनगढीमा प्रदर्शन गर्दै प्रहरी प्रशासनको ध्यानकर्ष गराएका छन ।

joshi vada pasal 2

उनीहरुले अत्तरिया बजारमा व्यवसायी सुरक्षाको माग गर्दै विरोद प्रदर्शन गरेका थिए । विरोध प्रदर्शनका क्रममा व्यवसायीहरुले ‘शान्ति सु–व्यवस्था कायम गर’, ‘व्यापारीलाई सुरक्षाको प्रत्याभुति गर’, ‘गोलिकाण्डका अपराधीलाइ पक्राउ गरी सार्वजनिक गर’, ‘घाईतेको यथाशिघ्र उपचार गर’ लगायतका नाराहरु लगाईएका थिए ।

raunak fals and silling

विरोध पछि अत्तरियामा इलाका प्रहरी कार्यालय अगाडी गरिएको कोष सभामा बोल्दै सुनचाँदी व्यवसायी सन्तोष लामिछानेले प्रहरीले अवराधि पक्राउ गर्न लापरवाही गरेको बताए । उनले प्रविधिको युगमा पनि दिनदाहडै राजमार्गमा गोली प्रहार गरी लुटपाट हुदा पनि लुटेरा पक्राउ नपर्नु प्रहरीको लापरवाही भएको बताए ।

उनले घटना घटेको दुई दिन बितिसक्दा पनि अपराधीलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै विरोध स्वरुप शान्तिपुर्ण आन्दोलनको सुरुवात गरेको बताए । ‘व्यापारीलाई सुरक्षा निकायका अगाडी नै गोली हानिदा पनि अपराधीहरु पक्राउ पर्न नसक्नु दुखद कुरा हो’ उनले भने ‘अपराधीलाई कारबाही गरी व्यापारीहरुलाई शान्तिपुर्ण रुपमा व्यापार गर्न पाउने वातावरण सृजना गरिनुपर्छ ।’

अत्तरियामा विरोध प्रदर्शन पछि उनीहरुले जिल्ला प्रशासन कार्यालय धनगढी पनि घेराउ गरेका थिए । व्यवसायीहरुले प्रमुख जिल्ला अधिकारी किरण थापालाई भेटेर सुरक्षाको माग गरेका थिए । प्रमुख जिल्ला अधिकारीले भने सुनार घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याउने आश्वासन दिएका थिए ।

प्रहरीकै सुरक्षा घेरामा रहेको क्षेत्रमा घटना घटेको ३ दिन वितिसक्दा पनि गोली प्रहार गरी लुटपाट गर्ने पक्राउ पर्न सकेका छैनन् । दिनदाहडै प्रहरी घेरामै भएको घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएपनि पक्राउ भने गर्न सकेको छैन् । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक बासु देव भट्टले खोजी कार्य जारी रहेको बताए ।

उनले धनगढी रोडमा रहेको एउटा सिसिटिभीमा गोली प्रहार गर्ने २ जना देखिएका भएपनि अनुहार नदेखिएको बताए । आइतबार साँझ मोटरसाइकलमा आएका २ जनाले सुन व्यवसायी विकास सुनार माथी अत्तरियाको पुर्व रोडमा रहेको सशस्त्र बाहिनी अगाडी गोली प्रहार गरी लुटपाट गरेका थिए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.