बैतडी शिक्षक मृत्यु प्रकरण : ११ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिदै

बैतडी – बैतडीका शिक्षक धनबहादुर बिष्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि ११ जनामाथि सोधपुछ गरिएको छ । घटनाको अनुसन्धानका क्रममा प्रहरीले ४ जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको हो ।

maya metro hospital

अनुसन्धानका लागि केही मानिसलाई नियन्त्रणलाई लिएर सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

joshi vada pasal 2
raunak fals and silling

यसैबिच घटनाको अनुसन्धान गर्नको लागि केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी)को टोली पाटन पुगेको छ । प्रहरी निरीक्षकको नेतृत्वमा रहेको टोलीले घटनाको अनुसन्धान शुरु गरिसकेको प्रहरी निरीक्षक खत्रीले बताए ।

सुर्नया गाउँपालिका २ ग्वानी घर भई कृष्ण माविमा अध्यापन गराउँदै आएका शिक्षक धनबहादुर बिष्ट गएको शनिबार दिउँसो मृत अवस्थामा फेला परेका थिए । शिक्षक बिष्टको हत्या भएको परिवारजनले आशंका गरेर अहिले सम्म शव बुझ्न मानेका छैनन् ।

कृष्ण माविमा एकजना शिक्षकले आयोजना गरेको स्वागत भोजमा सरीक भएका शिक्षक बिष्ट भोलि पल्ट छात्रवास पछाडि मृत अवस्थामा फेला परेका थिए । शिक्षक बिष्टको हत्या भएको भन्दै सोमबारदेखि जिल्लामा आन्दोलन चर्किएको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.