अत्तरिया – कैलालीमा ‘थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समिति’ ले भादा महोत्सव गर्ने भएको छ । समितिले यहि पुस १४ देखि १७ गते सम्म महोत्सव सञ्चालन गर्न लागेको हो ।


‘संरक्षण सम्बर्द्धनके लाग सक्कु जाने करी काम, संस्कृति भेष भुषा राखी हमार पहिचान’ भन्ने मूल नाराका साथ ‘थारु होमस्टे गाउँ भादा महोत्सव २०७९’ सञ्चालन गरिने थारु होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका संयोजक लक्ष्मी नरायण चौधरी बताए ।

थारु होमस्टे गाउँ भादामा २०६८ सालदेखि महोत्सवको आयोजना हुँदै आईरहेको छ ।
