अत्तरियाका व्यवसायीको प्रहरी कार्यालय अगाडी कोणसभा, लुटेरा पक्राउ गर्न माग

अत्तरिया – अत्तरियाका व्यवसायीहरुले इलाका प्रहरी कार्यालय मालाखेती अगाडी कोणसभाको आयोजना गरेका छन । आइतबार साँझ सुन व्यवसायी माथि गोली प्रहार पछि भएको लुटपाटको घटनाको विरोधमा प्रर्दशन गरेका व्यवसायीहरुले प्रहरी कार्यालय अगाडी कोण सभाको आयोजना गरेका हुन ।

maya metro hospital

कोष सभालाई सम्बोधन गर्दै व्यवसायीहरुले गोली प्रहार गर्नेलाई यथासिघ्र पक्राउ गर्न माग गरेका छन । सुनचाँदी व्यवसायी सन्तोष लामिछानेले प्रहरीले अवराधि पक्राउ गर्न लापरवाही गरेको बताए । उनले प्रविधिको युगमा पनि दिनदाहडै राजमार्गमा गोली प्रहार गरी लुटपाट हुदा पनि लुटेरा पक्राउ नपर्नु प्रहरीको लापरवाही भएको बताए ।

joshi vada pasal 2

कैलालीको आभुषण सुनचाँदी व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ सुदूरपश्चिम, महाकाली सुनचाँदी व्यवसायी संघ कञ्चनपुर र सुनचाँदी व्यवसायी संघ कैलालीले संयुक्त रुपमा संघर्ष समिति गठन विरोध प्रर्दशन गरिरहेका छन ।

उनीहरुले आजै जिल्ला प्रशासन कार्यालय कैलाली अगाडी पनि प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.