गोलिकाण्ड विरुद्ध अत्तरियामा विरोध प्रर्दशन

अत्तरिया – अत्तरियामा आईतबार साँझ भएको गोलिकाण्ड विरुद्ध अत्तरियामा विरोध प्रर्दशन गरिएको छ । अत्तरियाका सुनचाँदी व्यापारी विकास सुनारलाई गोली प्रहार गर्ने व्यक्तिहरुलाई पक्राउ गरेर तत्काल सार्वजनिक गर्न माग गर्दै विरोध प्रर्दशन गरिएको छ । बुधबार कैलालीको अत्तरियामा विभिन्न सुनचाँदी व्यवसायी संघहरुले संयुक्त रुपमा विरोध प्रर्दशन गरेका हुन ।

maya metro hospital

कैलालीको आभुषण सुनचाँदी व्यवसायी संघ, सुनचाँदी व्यवसायी संघ सुदूरपश्चिम, महाकाली सुनचाँदी व्यवसायी संघ कञ्चनपुर र सुनचाँदी व्यवसायी संघ कैलालीले संयुक्त रुपमा संघर्ष समिति गठन गरि विरोध प्रर्दशन सुरु गरेका छन ।

joshi vada pasal 2

घटना घटेको दुई दिन बितिसक्दा पनि अपराधीलाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै विरोध स्वरुप शान्तिपुर्ण आन्दोलनको सुरुवात गरेको संघर्ष समितिका संयोजक सन्तोष लामिछानेले बताए ।

raunak fals and silling

उनले व्यापारीलाई सुरक्षा निकायका अगाडी नै गोली हानिदा पनि अपराधीहरु पक्राउ पर्न नसक्नु दुखद कुरो भएको बताए । उनले अपराधीलाई कारबाही गरी व्यापारीहरुलाई शान्तिपुर्ण रुपमा व्यापार गर्न पाउने वातावरण सृजना गर्न माग गरे ।

आन्दोलनमा शान्ति सु–व्यवस्था कायम गर, व्यापारीलाई सुरक्षाको प्रत्याभुति गर, गोलिकाण्डका अपराधीलाइ पक्राउ गरी सार्वजनिक गर, घाईतेको यथाशिघ्र उपचार गर लगायतका नाराहरु लगाईएका थिए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.