अत्तरिया – कैलालीको धनगढीमा गोली चलेको छ । नेपाल भारत सीमा क्षेत्रमा पर्ने धनगढी उपमहानगरपालिका – ९ जुगेडामा गएराति दुई राउण्ड गोली चलेको हो ।


गोली लागेर स्थानीय प्रजापति बिष्ट घाइते भएका छन् । प्रहरी स्रोतकाअनुसार सीमा क्षेत्रमा दुई राउण्ड गोली चलेको भएपनि गोली कसले चलाएको हो ? भन्ने खुलेको छैन । चोरी तस्करीका क्रममा तस्करको समूहलाई अवरोध सिर्जना भएपछि गोली चलेको हुनसक्ने स्थानीय प्रशासनको अनुमान छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले गोली लागेर एक जना घाइते भएको बताए ।
