अत्तरिया – पूर्व मन्त्री प्रेमबहादुर आलेमगरकी आमाको निधन भएको छ । ७९ वर्षीया गंगादेवी आलेको आज विहान निधन भएको हो ।


उनको अहिले ११ बजे पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने उनको परिवार स्रोतले बताएको छ । उनलाई गत मंसिर ११ गते उपचारका लागि काठमाडौँ लगिएको थियो ।

डोटी स्थित आफ्नै निवासमा उच्च रक्त चापले सिकिस्त भएपछि उनलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो ।
पूर्व मन्त्री आले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटव्युरो सदस्य तथा डोटीबाट प्रतिनिधि सभा सदस्यमा विजयी नेता हुन् ।
