अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, १ घाइते

अत्तरिया – कैलालीको अत्तरियामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन । गोदावरी नगरपालिका–१, धनगढी रोडमा मनिसा पेट्रोल पम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालक कैलारी गाउँपालिका–९ का २७ वर्षीय वीरेन्द्र मल्लको मृत्यु भएको हो ।

maya metro hospital
raunak fals and silling

दुर्घटनामा घाइते भएका मल्लको उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

joshi vada pasal 2

दुर्घटनामा सोही मोटरसाइकलमा सवार २६ वर्षीय जीवन देउवा घाइते भएका छन् । उनको पद्मा अस्पतालमा उपचार भइरहेको छ ।
गए राति करिब पौने ९ बजे मल्लले चलाएको सुदूरपश्चिम प्रदेश ०१ ००९ प १३९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएको प्रहरीले जनाएको छ ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.