धनगढी – कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बिहान धनगढी उपमहानगरपालिका–३ स्थित लालीगुराँस होटलमा काम गर्ने २२ वर्षीय महेश भारतीको मृत्यु भएको हो ।


विद्युतको तारमा अड्किएको बेलुनलाई फलामको रडले निकाल्ने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएको थियो ।

त्यहाँ उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
