अत्तरिया गोली काण्ड : अपराधीलाई यथाशक्य पक्राउ गर्न माग

अत्तरिया – कैलालीको अत्तरियाका सुनचाँदी व्यवसायी विकास सुनारलाई गोली प्रहार गरी फरार रहेका अपराधीहरुलाई यथाशक्य पक्राउ गरी कानुनको दायरामा ल्याउन माग गरिएको छ । सोमबार अत्तरिया उद्योग वाणिज्य संघले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक सोमेन्द्र सिँह राठौरलाई ज्ञापन पत्र दिदै दोसीहरुलाई कारबाहीको दायरामा ल्याउन माग गरेको हो ।

maya metro hospital

उक्त ज्ञापन पत्रमा ज्यान मार्ने उद्देश्यले गोली प्रहार गरी नगद र जिन्सि लुटपाट गरेर फरार रहेका दोसीहरुको संलग्नताको पहिचान गरी यथाशिघ्र खोजबिन गरेर आवश्यक कारबाहीको प्रकृया अगाडी बढाउन अनुरोध गरिएको छ । संघका अध्यक्ष अशोकराज देवकोटाले व्यापारीहरुको सुरक्षा हुन आवश्यक रहेको बताए । उनले अत्तरियामा सुरक्षा चुनौती बढेकाले व्यापार व्यवसाय गर्न पनि गाह्रो हुन थालेको बताए । उनले सुरक्षा निकायले सुरक्षाको प्रत्याभुति दिलाउने कार्य गर्न आवश्यक रहेको बताउदै उनले घटनामा संलग्नको पहिचान गरी जति सक्दो चाडो कारबाहीको प्रकृया थालनी गर्न सुरक्षा निकायलाई आग्रह गरे ।

joshi vada pasal 2

ज्ञापन पत्र बुझ्दै प्रहरी उपरिक्षक राठौरले कानुनी प्रकृयाका लागी प्रहरी सदैव अग्रसर रहेको बताए । उनले घटनामा संलग्न जो कोहीलाई पनि यथाशिघ्र कानुनी दायरामा ल्याउने बताए । ‘प्रहरी तपाईहरुकै लागी हो, सुरक्षा चुनौतीका विषयमा तपाईहरुले पनि हाम्लाई साथ दिनुपर्छ’ उनले भने ‘यो घटनामा सिआडी पनि लागिसकेको छ, हाम्रो अथक प्रयास रहन्छ । अपराधीलाई कुनै पनि हालतमा कारबाहीको दायरामा ल्याउछौ ।’

उनले अत्तरियामा दिनहुँ घटिरहेका चोरी तथा लुटपाटका घटनाहरुलाई मध्यनगर गर्दै एउटा चेकपोष्ट राख्ने बताए । ‘चोरीका घटना बढीरहेका छन, त्यसका लागी अब एउटा चेकपोष्ट अत्तरियामा राख्न जरुरी देखिन्छ’ उनले भने ‘त्यसमा सर्वसाधारणलाई केही ढिला हुन सक्छ, तपाईहरुले पनि यो हाम्रै लागी हो भन्ने मनन् गरिदिनु होला ।’

सोमबार साँझ अत्तरियामा सुनचाँदी व्यवसाय संचालन गर्ने घोडाघोडी नगरपालिका – १ सुख्खडका २८ बर्षीय विकाश सुनार माथी नम्बर नखुलेको सेतो कलरको अपाची मोटरसाइकलमा आएका दुईजनाले गोली प्रहार गरेका थिए । गोली लागेर सुनार धनगढीको माया मेट्रो अस्पतालमा उपचाररत छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.