संसदीय दलको नेतामा माधव नेपाल चयन

नेकपा (एकीकृत समाजवादी)को संसदीय दलको नेतामा माधवकुमार नेपाल चयन भएका छन् । काठमाडौंमा सोमबार बसेको एकीकृत समाजवादीका सांसदहरूको बैठकले नेपाललाई संसदीय दलको नेता चयन गरेको हो। उनलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरिएको कार्यालय सचिव गंगालाल तुलाधरले जानकारी दिए ।

maya metro hospital
raunak fals and silling

त्यस्तै, संसदीय दलको उपनेतामा राजेन्द्र पाण्डे चुनिएका छन् । बैठकले संसदीय दलको प्रमुख सचेतकमा प्रकाश ज्वालालाई चयन गरेको छ ।

joshi vada pasal 2

यसअघि आयोजित नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष नेपालले गठबन्धनकै सरकार बन्ने बताएका थिए । अहिले गठबन्धनलाई नै अगाडि बढाउनुपर्नेमा उनको जोड थियो ।

 

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.