कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

कञ्चनपुर – पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कृष्णपुर नगरपालिकाको लालझाडी वन क्षेत्रमा गए राति भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

maya metro hospital

म २ प ६१८९ नम्बरको स्कुटरलाई सुपप्र ०१००८ प १५८७ नम्बरको मोटरसाइकलले ‘ओभरटेक’ गर्दा से २ प ८२० नम्बरको ट्याक्टरमा ठोक्किएर बेलडाँडीका अन्दाजी २६ वर्षीय कृष्णसिंह साउँदको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ ।

joshi vada pasal 2

प्रहरी निरिक्षक राधाकृष्ण नाथका अनुसार दुर्घटनामा परी गम्भीर घाईते भएका साउँदको उपचारका लागी अस्पताल लैजादै गर्दा मृत्यु भएको हो । ट्याक्टरमा सवार कैलालीको घोडाघोडी नगरपालिका पहलमानपुरका चार जना महिला र स्कुटर चालक वेदकोट नगरपालिका–३ का कोमलबहादुर सिंह घाइते भएका छन् ।

घाइतेको कृष्णपुरस्थित स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते पाँचै जनाको अवस्था सामान्य रहेको र ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गुलरियाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.