अत्तरिया – कैलालीको अत्तरियामा आइतबार साँझ गोली चलेको छ । अत्तरियामा सुनचाँदी व्यवसाय संचालन गर्ने घोडाघोडी नगरपालिका – १ सुख्खडका २८ बर्षीय विकाश सुनार माथी गोली चलेको हो । प्रदेश नम्बर ३ ०२०११ प ७३५० नम्बरको मोटरसाइकलमा अत्तरियाबाट पुर्व तर्फ गइरहेका सुनारमाथी अत्तरियाको पुर्व रोडमा रहेको सशस्त्र प्रहरी कार्यालय नजिकै गोली चलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार पुर्वबाट पश्चिम तर्फ आइरहेको नम्बर नखुलेको सेतो कलरको अपाची मोटरसाइकलमा आएका दुईजनाले सुनारमाथी सानो हतियारबाट गोली प्रहार गरेका थिए ।


हात र ढाडमा गोली लागेका सुनारको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले बताएका छन । उनले घाइतेको अवस्था मध्यम रहेको बताए ।
गोली प्रहार पछि सुटरले सुनारसंग भएको व्याग लगेर फरार भएको स्थानीय प्रत्यक्षदर्शी हेमराज जोशीले बताए । यद्दपी प्रहरीले भने व्याग लगेको पुष्टि गरेको छैन ।
गोली चलाउनेको खोजी भइरहेको डिएसपी जोशीले बताएका छन । घटनास्थलमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक बासु देव भट्ट र जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरको कमाण्डमा थप अनुसन्धानको लागि टोली खटिएको डिएसपी जोशीले बताएका छन ।
अपडेट गरिएको
