पाटन नगरपालिकाद्वारा ३ जना प्राविधिक कर्मचारी बर्खास्त

बैतडी–बैतडीको पाटन नगरपालिकाले ३ जना प्राविधिक कर्मचारीहरुलाई बर्खास्त गर्ने निर्णय गरेको छ । शनिबार बसेको नगरकार्यपालिका बैठकले इन्जिनियर राजेन्द्रसिंह ठगुन्ना, सवइन्जिनियर भरत साउँद र लक्ष्मण महरालाई बर्खास्त गर्ने निर्णय भएको नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताए ।

maya metro hospital
raunak fals and silling

प्राविधिक कर्मचारीहरुले आफ्नो दायित्व पूरा नगरेका कारण उनीहरुलाई बर्खास्त गरिएको उपप्रमुख बोहराले बताए । पाटन नगरपालिकाको निर्माणाधिन भवन र अन्य भौतिक संरचना अनुगमन गर्दा गुणस्तरहीन पाइएकाले नगरपालिकाले प्राविधिक कर्मचारीमाथि कारवाही गरेको हो ।

joshi vada pasal 2

प्राविधिक कर्मचारीहरुले भौतिक संरचना निर्माणका बेला ध्यान नदिएका कारण भौतिक संरचना गुणस्तरहीन बनेका नगरपालिकाको दाबी छ । केही दिन पहिलादेखि विभिन्न संरचनाहरुको अनुगमन गर्दा बनेका भौतिक संरचनाहरु गुणस्तरहीन पाइएका थिए । नगरपालिकामा कार्यरत प्राविधिकहरु करारमा राखिएका थिए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.