बैठक भत्ताको रकम युवाहरुलाई

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ६ लालपुरका स्थानिय बालकृष्ण ओझाले सहकारीबाट भत्ता वाफत पाएको रकम वडाका युवाहरुलाई प्रदान गरेका छन ।

maya metro hospital
raunak fals and silling

सोही वडामा रहेको जननौलो बिहानी कृषि सहकारी संस्थाका सचिव ओझाले सहकारीमा बैठक भत्ता बाफत प्राप्त गरेको रुं २ हजार रुपैया युवाहरुलाई प्रदान गरेका हुन ।

joshi vada pasal 2

उनले वडा नं. ६ र ७ का युवाहरुलाई खेलकुदमा अभिप्रेरित गराउने उद्देश्यले उक्त रकम प्रदान गरेको बताए । पछिल्लो समय युवाहरुमा नकारात्मक प्रभाव बढीरहेको र बढीजसो युवाहरु कुलतमा फसिरहेको अवस्थामा वडा नं. ६ र ७ का युवाहरुलाई त्यस्तो कुराहरुबाट टाढा राखी उनिहरुलाई खेलकुदप्रति जागरुक बनाउन थारै भएप्नि आफुले सहयोग गरेको उनले बताए ।

उनले आफुले सहकारीबाट बैठक भत्ता बाफत प्राप्त गरेको रकम हरेक वर्ष कुनै न कुनै सामाजिक कार्यका लागी खर्च गर्दै आएको बताए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.