कञ्चनपुर – कञ्चनपुरको बेलडाँडीबाट खैरो हिरोइन सहित ३ जना पक्राउ परेका छन । बेलडाँडी गाउँपालिका १ र २ बाट खैरो हेरोइनसहित बेलडाँडी गाउँपालिका–१ थापाटोलस्थित सडकमा पैदल हिडिरहेको अवस्थामा स्थानीय मनिष थापा र हेमन्त निरौला पक्राउ परेका हुन् । उनीहरुको साथबाट १ सय मिलिग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।


यस्तै बेलडाँडी गाउँपालिका वडा नम्बर २ बाट सोही वडाका मनमोहन सिंह साउँदलाई ४ दशमलव ३ सय ४० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ ।

उनीहरु ३ जनालाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय बेलडाँडीमा राखिएको प्रहरी निरीक्षक दिपक पातलीले बताए ।
