अत्तरियामा सञ्चालित जेसिज सप्ताह सम्पन्न

अत्तरिया – कैलालीको अत्तरियामा सञ्चालित जेसिज सप्ताह सम्पन्न भएको छ । एक हप्तासम्म विभिन्न कार्यक्रमहरु आयोजना गर्दै अत्तरिया जेसिज वर्ष २०२२ र अत्तरिया जुनियर जेसिजले सञ्चालन गरेको जेसिज सप्ताह शुक्रबार सम्पन्न भएको हो ।

maya metro hospital

शुक्रबार एक औपचारीक कार्यक्रमका बिच सप्ताहको समापन गरिएको थियो । अत्तरिया जेसिज वर्ष २०२२ का अध्यक्ष हरि कडायतको सभापतित्वमा आयोजित कार्यक्रमकी प्रमुख अतिथि गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकाया रहेकी थिईन । कार्यक्रममा बोल्दै उनले जेसिजले तालिममार्फत युवाहरुको क्षमता अभिवृद्धि गर्दै आएको बताईन ।

joshi vada pasal 2
raunak fals and silling

देशको भविष्य तथा देशको मेरुदण्डका रुपमा रहेका युवाहरुको नेतृत्व गर्न सक्ने क्षमताको विकास जेसिजले गरिरहेको उनले बताईन । उनले जेसिजलाई आवश्यक पर्ने हरेक कुराहरुमा नगरपालिका साथमा रहेको बताईन । कार्यक्रममा जेसिज सप्ताहलाई भव्यताका साथ सम्पन्न गर्न सहयोग पु¥याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानित पनि गरिएको थियो ।

कार्यक्रममा जेसिजका पुर्वअध्यक्षहरुका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो । यही मंसिर २४ गतेदेखी सुरु भएको जेसिज सप्ताहमा पहिलो दिन अत्तरिया जेसिज र अत्तरिया जुनियर जेसिजबिच मैत्रिपुर्ण क्रिकेट प्रतियोगीता आयोजना गरिएको थियो भने दोस्रो दिन अत्तरियामै रहेको सत्यवती एकेडेमीमा ट्राफिक सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।

यसैगरी सप्ताहको तेस्रो दिन स्वास्थ्य शिविर, चौथो दिन हाजिरी जवाफ प्रतियोगीता, पाँचौ दिन लागुपदार्थ दुव्र्यशनी विरुद्ध सचेतना कार्यक्रम र छैटौ दिन बनदेवी सरसफाई कार्यक्रम आयोजना गरिएको थियो । सप्ताहको सातौ दिन भने पुरस्कार वितरणका साथै सप्ताहको समापन गरिएको थियो ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.