एसपीएलाई लर्डबुद्ध टी–२० क्रिकेटको उपाधि

धनगढी – धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) कलेजले लर्डबुद्ध एकेडेमी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । कञ्चनपुरको महेन्द्रनगरमा बिहीबार सम्पन्न फाइनलमा आयोजक लर्डबुद्धलाई ३३ रनले पराजित गर्दै एसपीएले उपाधि उचालेको हो ।
उपाधिसँगै एसपीएले नगद १ लाख हात पार्यो । उपविजेता लर्डबुद्धले ५० हजारमा चित्त बुझायो ।

maya metro hospital

महेन्द्रनगरस्थित कभर्डहलमा एसपीएले दिएको १४९ रनको लक्ष्य पछ्याएको लर्डबुद्ध १९ ओभरमा ११५ रनमा समेटियो ।
लर्डबुद्धका सुमित सिह बडाल र राजेश ऐयरले समान १६–१६, मुकेश विष्टले १४, आदर्श साहु र विराट कुँवरले समान ९–९ रन जोडे । एसपीएका सचिन सावँदले ३ तथा निशान रेग्मीले २ विकेट लिए ।

joshi vada pasal 2

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको एसपीएले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १४८ रन बनायो । एसपीएका लागि सचिन साउदले ५१ बलको सामना गर्दै २ चौका र २ छक्काको मद्दतमा ४८ रनको योगदान दिए ।

यस्तै निशान रेग्मी ३५ रन जोडे । ३७ बल खेलेका उनले ४ चौका प्रहार गरे । त्यसबाहेक एसपीएका आशिष लुहारले बिस्फोटक ब्याटिङ गरे । २२ बलमा उनले ३ छक्का र २ चौका प्रहार गरे ।

अजय कडेलले ७ र विक्रम चन्दले १ रन जोड्दा विशाल विष्टले खाता खोल्न सकेनन् । लर्डबुद्धका सचिन मल्लले दुई तथा रोशन विष्टले एक विकेट लिए ।

उपाधि उचालेपछि एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायले शैक्षिक गुणस्तर अब्बल बनाउँनुका साथै एसपीएका विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा गरेको लगानीको प्रतिफल विद्यार्थीहरुले देखाएको बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.