साना किसान श्रीपुरको नयाँ कार्यसमिति चयन, अध्यक्षमा विनाडी

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. ८ समैजीनगरमा रहेको सानाकिसान कृषि सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमिति चयन भएको छ । बुधबार संस्थाको २६औ वार्षिक साधारण सभामा नयाँ कार्यसमिति चयन भएको हो । जसको अध्यक्षमा केशवराज विनाडी चयन भएका छन । विनाडीलाई सभाले सर्वसम्मत चयन गरेको हो ।

maya metro hospital
raunak fals and silling

यसैगरी संस्थाको उपाध्यक्षमा फलराम चौधरी चयन भएका छन । सभाले ९ जना सदस्यहरु समेत चयन गरेको छ । संस्थाको सदस्यहरुमा राम प्रसाद चौधरी, नन्दलाल भट्ट, रमिता फुलारा, मुकुन्द जोशी, यशोदा भट्ट, सावित्रि शाह, पञ्चराम राना, मान बहादुर साउँद र सृजना देवी बि.क चयन भएका छन ।

joshi vada pasal 2

सभाले दिपेन्द्र कठायतको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति पनि चयन गरेको छ । लेखा समितिको सदस्यमा प्रेम राज पाठक र शोभा चौधरी रहेका छन ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.