दशरथचन्द नगरपालिका फाइनलमा प्रवेश
बैतडी – बैतडी जारी तेजबहादुर चन्द स्मृति भलिबल प्रतियोगितामा दशरथचन्द नगरपालिका फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा सिगासलाई पराजित गर्दै दशरथ चन्द नगरपालिका फाइनलमा प्रवेश गरेको हो ।


यस्तै फाइनलमा पुग्ने अर्को टोलीको टुंगो लगाउनका लागि बुधबार मेलौली र पाटन नगरपालिकाबीच खेल हुने बताइएको छ । सो खेलबाट जित्ने टोलीले उपाधिका लागि दशरथ चन्द नगरपालिका संग भिड्नेछ ।

मैनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा भइरहेको प्रतियोगितामा प्रथम हुने टीमलाई नगद १ लाख २५ हजार र ट्रफी, दोश्रो हुनेलाई नगद ७५ हजार र ट्रफी तथा तेश्रो हुनेलाई नगद ३५ हजार र ट्रफी वितरण गरिने ट्रष्टले जनाएको छ ।
