विपन्न समुदायको आर्थिकस्तर उकास्न सहकारीको योगदान महत्वपुर्ण : नगरप्रमुख भट्ट

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले निम्नआयस्रोत भएका विपन्न समुदायका व्यक्तिको आर्थिकस्तर उकास्न सहकारीहरुको महत्वपुर्ण भुमिका रहेको बताएका छन । मंगलबार नगरपालिकाको वडा नं. २ मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड मालाखेतीको २६औ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सहकारीहरुले नै विपन्न समुदायका वर्गहरुको जिविकोपार्जनमा योगदान पु¥याएको बताए ।

maya metro hospital
raunak fals and silling

‘बैंकबाट ऋण लिन नसक्ने आयस्तर कमजोर भएका व्यक्तिहरुले अहिले पनि सहकारीबाट पाउने सेवा सुविधाका कारण आफ्नो जिविकोपार्जन गरिरहेका छन’ उनले भने ‘त्यतिमात्रै नभई सहकारीहरुले संस्थामा आवद्ध शेयरसदस्यहरुलाई बचत गर्ने प्रणालीको विकास गर्नुका साथै उनिहरुको नैतिक चरित्रको पनि विकास गर्ने गरेका छन ।’ उनले सहकारी साझा हितका लागी एकआपसमा सहयोगको भावनाले स्थापना गरिएको संगठका रुपमा रहेको बताए । उनले सहकारीको मुख्य उद्देश्य नै प्रत्येक व्यक्तिले सबैका लागी र सबै व्यक्तिले प्रत्येकका लागी सहयोगी भावनाका साथ काम गर्ने भन्ने रहेको बताए ।

joshi vada pasal 2

उनले व्यवसायीक हक अधिकारका निमित्त लड्न, मध्यस्तकर्ता, प्रतिष्पर्धा तथा चुहावट रोक्न, उत्पादन र उपभोक्ता विचको सम्बन्ध स्थापना गर्न आर्थिक रुपले कमजोर व्यक्तिहरुबाट खोलिएको संगठनका रुपमा सहकारीलाई लिन सकिने बताए । उनले नेपालमा वि.सं. २०१६ सालबाट सहकारीको अवधारणा आएको बताए । उनले देशमा सहकारी संस्थाको स्थापना सँगै निम्नआयस्तरका व्यक्तिहरुले पनि आफ्नो व्यवसाय सञ्चालन गरेर अहिले आफ्नो जिविकोपार्जन गरिरहेको बताए ।

उनले नगरपालिका भित्र रहेका सहकारीहरुको विकास गरी उनिहरुबाट जनतालाई प्रभावकारी रुपमा सेवासुविधा उपलब्ध गराउने वातावरणको सृजना गर्न जरुरी रहेको बताए । उनले आफु पनि नगरपालिकाबाट सहकारीहरुले पाउने हरेक सहयोगका लागी सदैव तत्पर रहेको बताए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.