अत्तरिया – बाजुरामा प्रदेशसभा समानुपातिक तर्फको मतगणना जारी रहेको छ । आज बिहान देखि सुरु भएको मगतणना अनुसार दिउँसो सम्म ५ हजार ८७३ मत गणना गर्दा कांग्रेसले एमाले भन्दा दोब्बर बढी मतले अग्रता लिएको छ ।

सदर भएको कुल ५ हजार ६९२ मत मध्ये कांग्रेसले ३ हजार ३०८ मत ल्याएको छ भने एमालले १ हजार ६३९ मत ल्याएको छ ।

नेकपा माओवादी केन्द्रले ६६३ मत ल्याएको छ । समाजवादीले ५९ मत ल्याएको छ । कुल ३४ दल समानुपातिक निर्वाचनमा सहभागि भएकोमा अन्य दलले २३ मत मात्रै ल्याएका छन ।













