खाेज्नुहाेस

जो २५ हजार भन्दा बढी मत पाउँदा पनि पराजित भए

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा रहेका १६ वटै प्रतिनिधि सभा क्षेत्रको मत परिणाम सार्वजनिक भइसकेको छ । जसमध्ये आधा अर्थात ८ क्षेत्रमा नेपाली कांग्रेस, ३/३ क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी र नेकपा एकीकृत समाजवादी र २ क्षेत्रमा एमाले विजयी भएका छन ।

सुदूरपश्चिममा सबै भन्दा बढी मत ल्याएर बैतडीबाट एमालेका दामोदर भण्डारी विजयी भएका छन भने सबैभन्दा कम मत ल्याएर अछाम १ बाट एकीकृत समाजवादीका शेर बहादुर कुवर विजयी भएका छन । यद्दपी उनले प्रतिस्पर्धी भन्दा ४ हजार ४८९ मत बढी ल्याएका छन ।
मंसिर ४ मा भएको निर्वाचन अन्तरगत प्रतिनिधि सभाको अन्तिम मत परिणाम सार्वजनिक भइसक्दा सुदूरपश्चिममा ४ यस्ता उम्मेदवार छन जो २५ हजार भन्दा बढी मत ल्याएर पनि पराजित भएका छन ।

attariya hospital

जसमा ३ जना एमाले र १ जना नेकपा माओवादी केन्द्रका रहेका छन । बैतडीबाट गठबन्धनका तर्फबाट चुनाव लडेका माओवादी केन्द्रका नरेन्द्र बहादुर कुँवर ३२ हजार ८० ल्याएर पनि पराजित भएका छन । उनलाई पराजित गरेका एमालेका दामोदर भण्डारीले ३३ हजार ६११ मत ल्याएका छन । दुवैबीचको मतान्तर १ हजार ५३१ रहेको छ ।

navjiwan hospital

बझाङबाट चुनाव लडेका ऐन बहादुर महर २७ हजार ४१४ मत पाएर पराजित भएका छन । उनलाई पराजित गरेका एकीकृत समाजवादीका भानुभक्त जोशीले २८ हजार ४१३ मत पाएका छन । दुवैजना विचको मतानतर १ हजार १ रहेको छ ।

दार्चुलाबाट चुनाव लडेका एमालेका गणेश सिह ठगुन्ना २६ हजार ३८९ मत पाएर पराजित भएका छन । उनलाई पराजित गरेका कांग्रेसका दिलेन्द्र प्रसाद बडूले २८ हजार ५१५ मत पाएका छन । दुवै बीचको मतान्तर २ हजार १३४ रहेको छ ।

त्यस्तै २६ हजार ३४९ मत पाएर बाजुराबाट एमालेका कर्ण बहादुर थापा पनि पराजित भएका छन । उनलाई पराजित गरेका कांग्रेसका बद्री प्रशाद पाण्डेले ३१ हजार ७८६ मत ल्याएका छन । यी दुई बीचको मतान्तर भने अन्यको तुलनामा बढी ५ हजार ४३७ रहेको छ ।

प्रदेशमा सबैभन्दा कम मतान्तरले पराजित हुने उम्मेदवार ऐन महर रहेका छन भने धेरै मतान्तरले विजयी हुने उम्मेदवार डडेल्धुराबाट चुनाव लडेका प्रधानमन्त्री समेत रहेको शेर बहादुर देउवा रहेका छन । उनी १२ हजार ४९२ मतान्तरले विजयी भएका छन ।