अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले धनगढी सहित समेटिएको कैलाली –५ भन्दा अत्तरिया क्षेत्र समेटिएको कैलाली – ४ बाट समानुपातिकमा बढी मत पाएको छ । रवी लामिछाने नेतृत्वको रास्वपाले प्रत्यक्षमा प्रतिनिधि सभामा कैलाली – ५ बाट बढी मत पाएको भएपनि समानुपातिकमा भने कैलाली – ४ बाट बढी मत पाएको हो ।

अन्तिम मत परिणामा अनुसार रास्वपाले कैलाली – ५ बाट ४ हजार ४५५ मत पाएको छ । यता कैलाली – ४ बाट भने ४ हजार ६७१ मत पाएको छ ।

जवकी उक्त पार्टीले प्रत्यक्षमा प्रतिनिधि सभा तर्फ कैलाली ५ बाट ३ हजार ४०५ मत पाएको छ भने कैलाली ४ बाट २ हजार २२१ मत पात्रै पाएको छ ।
कैलाली – ५ मा समानुपातिकमा कांग्रेसले सबैभन्दा बढी मत पाएको छ । कांग्रेसले प्रतिनिधि र प्रदेश सभा दुवैतर्फ बढी समानुपातिक मत पाएको हो । प्रतिनिधि सभामा नेपाली कांग्रेसले १५ हजार ६१७ मत प्राप्त गरेको छ । नेकपा (एमाले) ले १४ हजार ३२१, नागरिक उन्मुक्ति पार्टीले ११ हजार ६९७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६ हजार ९४७, नेकपा (माओवादी) केन्द्रले ५ हजार ७३६ मत प्राप्त गरेका छन् ।
यसैगरी नेकपा (एकीकृत समाजवादी) ले ९१६ र राष्ट्रिय जनमोर्चाले २०३ मत पाएका छन् । यो निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ जम्मा ६५ हजार ७०६ मत खसेको थियो । जसमध्ये चार हजार १०९ मत बदर र ६१ हजार ५९७ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
कैलाली – ५ मा कांग्रेसले समानुपातिकमा १६ हजार ६४३, एमालले १९ हजार ६३, नागरिक उन्मुक्ति पार्टीले ५ हजार ९९३, नेकपा माओवादी केन्द्रले ५ हजार ३ सय १८, नेकपा एकीकृत समाजवादीले ४ हजार ५४१, राप्रपाले २ हजार २८७ र जनमोर्चाले ७३८ मत पाएको छ ।
समानुपातिकमा ४८ दल रहेकोमा अन्य ४० दलले कैलाली क्षेत्र नम्बर ४ बाट जम्मा १ हजार मत मात्रै पाएका छन ।