बैतडीमा १४ उम्मेदवारको धरौटी जफत

बैतडी – बैतडीबाट प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका २२ जना मध्ये १४ जनाको धरौटी जफत भएको छ ।
निर्वाचनमा कुल खसेको मतको १० प्रतिशत समेत नल्याएका १४ जना उम्मेदवारको धरौटी जफत भएको हो ।

maya metro hospital
raunak fals and silling

प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका ११ जना मध्ये ९ जनाको धरौटी जफत भएको छ भने प्रदेश सभा(क) र (ख)बाट तीन/तीन जना उम्मेदवार गरी ६ जनाको धरौटी जफत भएको हो ।

joshi vada pasal 2

प्रतिनिधि सभा सदस्यमा जिल्लामा ७८ हजार ३६९ मत खसकेको थियो । कूल खसेको मतमध्ये १० प्रतिशत समेत मत नल्याउने उम्मेदवारको धरौटी जफत हुने प्रावधान रहेको निर्वाचन कार्यालय बैतडीका प्रमुख माधवप्रसाद फुयालले जानकारी दिए ।

प्रदेश सभा सदस्यका लागि ५ हजार र प्रतिनिधि सभा सदस्यका लागि ५ हजार रुपैयाँ धरौटी कायम थियो ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.