लागुऔषध खैरो हेरोइनसहित ३ जना पक्राउ

कञ्चनपुर – कञ्चनपुरमा प्रहरीले लागुऔषध खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–३ का ४६ वर्षीय कर्ण विक, मोरङको विराटनगर उपमहानगरपालिका ६ जामुनगाछी घर भई हाल गोदावरी नगरपालिका – २ अत्तरिया बजारमा होटलमा काम गर्ने ३३ वर्षीय राकेश कोइराला र कृष्णपुर गरपालिका ९ राजघाट बस्ने २४ वर्षीया अञ्जु भन्ने चन्द्रवती कपड्याल रहेका छन् ।

maya metro hospital
raunak fals and silling

कंचनपुरको बेलौरी नगरपालिका–७ बाट सोमबार अटोमा सवार उनीहरूलाई २.९१ ग्राम लागुऔषध खैरो हेरोइन सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।

joshi vada pasal 2

उनीहरू सवार सु.प्र.प.०१ ००१ ह २८१२ नम्बरको अटो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए ।

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.