खाेज्नुहाेस

माओवादीले कटायो समानुपातिकमा ११ लाख मत

Image

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११ लाख मत कटाएको छ । मंगलबार बिहान १० बजेको अद्यावधिक विवरणअनुसार माओवादी केन्द्रले ११ लाख १ हजार ७२९ मत पाएको हो ।

navjiwan hospital

११ लाख मत कटाएर माओवादी केन्द्रले तेस्रो स्थान हासिल गर्दा २५ लाख ८६ हजार मतसहित नेकपा एमालेले पहिलो स्थानमा छ । यस्तै २४ लाख ५३ हजार मतसहित कांग्रेस दोस्रो स्थानमा हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ७१ हजार मत पाउँदै चौथो स्थान हासिल गरेको छ ।

add everest academy
attariya hospital

यस्तै राप्रपाले ५ लाख ५२ हजार मत पाउँदा जसपाको मत ३ लाख ५८ हजार रहेको छ । यस्तै थ्रेस होल्डको नजिक रहेको जनमत पार्टीले ३ लाख १ हजार मत पाउँदा एकीकृत समाजवादी पार्टीले २ लाख ६४ हजार मत पाएको छ ।

यस्तै नागरिक उन्मुक्ति पार्टीले २ लाख ४६ हजार मत पाएको निर्वाचन आयोगले जनाएको छ ।