खाेज्नुहाेस

हत्या आरोपमा दार्चुलाबाट एकजना पक्राउ

Image

दार्चुला – दार्चुलाको व्याँस गाउँपालिका ४ डोकटका ४० बर्षीय नरसिंह बिष्टको हत्यामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् । व्याँस गाउँपालिका –४ डोकटकै २५ बर्षीय दिपक बिष्टलाई पक्राउ गरी अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

navjiwan hospital

बिष्टलाई आइतबार पक्राउ गरेर अदालतबाट सात दिनको म्याद थपि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मंसिर ३ गते राति दुवै जनाको दार्चुला तिंकर सडकमा भेट भएको र दुवैले मदिरा सेवन गरेकाले विवाद हुँदा हत्या गरेको प्रहरीले जनाएको छ ।

attariya hospital

दुवै जनाबीच एकआपसमा विवाद हुँदा दिपक बिष्टले नरसिंह बिष्टको टाउँकोमा ढुंगाले हानेर हत्या गरेको प्रहरी निरीक्षक शाहीले बताए । हत्यापछि उनले बिष्टको शवलाई खोलामा लगेर ढुंगाले च्यापेको प्रहरीले उल्लेख गरेको छ ।