अत्तरिया – पुर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गोदावरी नगरपालिका – ३ चौकिडाँडामा सडक अवरुद्ध गरिएको छ । शनिबार सवारी साधनको ठक्करबाट मृत्यु भएका परिवारका आफन्तले करिब १५ मिनेट सडक अवरुद्ध गरेका हुन ।
शनिबार राती साढे ८ बजेको समयमा कञ्चनपुरको कृष्णपुर नगरपालिका – ५ गजरौलामा सवारी साधनले ठक्कर दिदा कैलालीको गोदावरी नगरपालिका – ३ चौकिडाँडाका लवदेव भट्टको मृत्यु भएको थियो । सुदूरपश्चिम प्रदेश कार्यालय अत्तरियाले कुन सवारी साधनले ठक्कर दिएको भन्ने बारेमा समेत खुल्न नसकेको जनाएको छ ।
सवारी साधनको ठक्करबाट घाइते भएका भट्टलाई उपचारका लागि धगनढी स्थित सेती प्रादेशिक अस्पतालमा पु¥याउने वितिकै चिकित्सकले मृत घोषणा गरेका थिए ।
यता मृतकका आफन्तले भने ठक्कर दिने सवारी साधनलाई खोजी गरे कारवाही गर्नुपर्ने माग गर्दै सडक अवरुद्ध पारेका थिए ।
गोदावरी नगरपालिका – ३ का वडाध्यक्ष तेजराज अवस्थीले सवारी साधनको पहिचान गर्न दवाद दिन केही समय स्थानीयले चक्काजाम गरेको बताए । उनले प्रहरीले ठक्कर दिने सवारी साधनका बारेमा प्रहरीले पत्ता लगाइसकेको बताएपछि स्थानीयले सडकको अवरोध हटाएको बताए ।
उता जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भने ठक्कर दिने सवारी साधन पत्ता लगाउने क्रममा रहेको जनाएको छ ।