घोडाघोडीका प्रमुख प्रशासकीय अधिकृतको निवासमा तोडफोड

धनगढी – कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुख प्रशाकिय अधिकृत दिपक आचार्यको सरकारी निवास तोडफोड गरीएको छ । शनिवार राती प्रमुख प्रशाकिय अधिकृतको निवास घोडाघोडीका मेयर खडक बहादुर रावल, वडा नम्बर १ का अध्यक्ष घनश्याम ओझा, ४ का अध्यक्ष भरत शाही, ७ का जुगराम चौधरी र १२ मा रामदुलारी चौधरी सहितको जाडपार्टिमा विबाद हुदा निवास तोडफोड गरीएको हो ।

maya metro hospital

प्रमुख प्रशाकिय अधिकृत र जनप्रतिनिधि बिच बीच घोचपेच हुदा बिबाद सृजना भएको थियो । बिबादकै क्रममा वडा नम्बर १ का अध्यक्ष आक्रोशमा आएर टेबलमा खुट्टा बजार्दा टेवल फुटेको त्यही रहेका एक वडा अध्यक्षले बताए ।

जाडपार्टीमा पुराना असन्तुष्टी, बेमेलका कुरा सबै आउन थाले पछि घटना भएको बताईएको छ । नागरपालिका प्रमुख रावतले वडाध्यक्षलाई घोचपेच गरेपछि टेबुल फोडेको बताए ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.