अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नं. १२ मा कम्प्युटर सम्बन्धी तालिम सुरु भएको छ । वडा कार्यालयको आर्थिक सहयोगमा सोही वडामा रहेको बि एण्ड बि कम्प्युटर ईन्स्टिच्युटले तालीम सुरु गरेको हो । शनिबार एक औपचारीक कार्यक्रमका बिच तालिमको उद्घाटन गरिएको छ ।
ईन्स्टिच्युटका सञ्चालक विष्णु बि.क को सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्ट रहेका थिए भने विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका वडा नं. १२ का वडाध्यक्ष भिम बहादुर खड्का र वडा नं. ११ का वडाध्यक्ष प्रेम सिँ बडैला रहेका थिए । कार्यक्रममा बोल्दै नगरप्रमुख भट्टले वर्तमान समयमा कम्प्युटरको महत्व एकदमै बढी रहेको बताए । उनले वर्तमान समय प्रविधिको समय भएकाले प्रविधिसँग चल्नका लागी पनि कम्प्युटर सिक्न आवश्यक भएको बताए । उनले कम्प्युटर सिक्नु भनेको पनि ज्ञान हासिल गर्नुभएकाले ज्ञान लिने कुरामा टाढिन नहुने बताए । ‘यो ज्ञान हो । शिक्षाले ज्ञान दिन्छ र त्यो ज्ञानले जिवनलाई बलियो बनाउन मद्दत गर्दछ’ उनले भने ‘शिक्षा लिने र दिने कुनै समय हुदैन । शिक्षाले पुर्णता कहिल्यै पाउदैन । शिक्षा पाउने कुरामा टाढिनु हुदैन ।’
उनले गोदावरीका ११ र १२ नम्बर वडा हरेक कुरामा पछाडी परेका वडाहरु भएकाले यहाँका हरेक नागरिक आर्थिक दृष्ट्रिकोणले पनि पछाडी परेका उनले बताए । उनले आर्थिक समस्याकै कारण यहाँका कतिपय बालबालिकाहरु प्रविधिको पहुँचमा पुग्न नपाएको बताए । प्रविधिको पहुँच र ज्ञान नहुँदा नै बेरोजगारी बढेको र बेरोजगारीका कारण आर्थिक समस्या हुने गरेको उनले बताए । उनले आफुमा कुनै किसिमको सिप नहुँदा बेरोजगारी रहनुपर्ने अवस्था आउने भएकाले कम्प्युटर शिक्षालाई आफ्नो जिवनको बलियो ताकतको रुपमा लैजान उनले सबै विद्यार्थीहरुलाई अनुरोध गरे ।
कार्यक्रममा बोल्दै वडा नं. १२ का वडाध्यक्ष भिम बहादुर खड्काले विकट वडाका रुपमा रहेकाले यहाँका विद्यार्थीहरुले कम्प्युटर सिक्न अत्तरिया जानुपर्ने बाध्यताको अन्त्य गर्न तालिमको आयोजना गरिएको बताए । उनले आफुले वडाका युवाहरुको कम्प्युटर सिक्ने चाहना र अत्तरिया जानुपर्ने बाध्यतालाई ध्यानमा राखी २०७४ सालदेखी नै वडामा कम्प्युटर सिकाईको तालिम सञ्चालन गर्दै आएको बताए । उनले वडामा प्रत्येक वर्ष विद्यार्थीहरुलाई बेसिक र डिप्लोमा कोर्सहरु सिकाईरहेको बताए । उनले वडाकै तालिमका कारण कतिपय विद्यार्थीहरु रोजगार समेत बनेको उनले बताए । उनले वडाले लगाएको लगानीको राम्रो प्रतिफल आएकाले पुनः यस वर्ष पनि कम्प्युटर तालिम आयोजना गरिएको बताए । उनले देशको बागडोर सम्हालेका युवाहरुलाई नराम्रो बाटोमा लाग्न बाट बचाउन पनि तालिमले सहयोग पु¥याएको बताए ।
त्यसका साथै उनले वडाका युवाहरुलाई राम्रो गर्न प्ररित गर्नका लागी स्वर्ण पदक विजेता आनन्द विकलाई सम्मानित गरिने पनि बताए ।
यस्तै वडा नं. ११ का वडाध्यक्ष प्रेम सिँ बडैलाले वडाले वडाबासी युवाहरुको भविष्यका लागी तालिमको आयोजना गरेको बताए । उनले युवाहरुले ईमान्दार र संवेदनशिल बनेर वडाले गरेको लगानीको प्रतिफल लिने काम गर्नुपर्ने बताए । ‘युवाहरुको राम्रो भविष्यका लागी वडाले लगानी गरेको हुन्छ, त्यसको सदुपयोग गर्नुपर्छ’ उनले भने ‘यदी त्यसको सदुपयोग गर्न नसके वडाको लगानी बालुवामा पानि मिसाएसरह हुन्छ ।’
उनले वडाले आफुप्रति गरेको लगानीलाई सफल बनाउन लगनशिलताका साथ ज्ञान र सिप लिन विद्यार्थीहरुलाई अनुरोध गरे । उनले विगतमा नभएपनि बर्तमान अवस्थामा कम्प्युटरको महत्व अनिवार्य युवाहरुले समृद्ध भविष्यका लागी पनि प्रविधि सँग जोडिन आवश्यक रहेको बताए । कार्यक्रमको सञ्चालन सोही वडाका स्थानिय लोकराज ओझाले गरेका थिए ।
भिडियो